राजनीति
राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं,भदौे २६-
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापति सिग्देले भेटवार्ता गरेको उच्च स्रोतले जनाएको हो । सोही क्रममा सेनापति सिग्देले जेनजी युवा समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको बताएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवास जेनजी आन्दोलनकारीले जलाएपछि हाल राष्ट्रपति पौडेल सुरक्षित स्थानमा सरेको भएता पनि कुन ठाउँमा भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन् । राष्ट्रपति पौडेले बिहीबार एक विज्ञप्ति जारी गर्दै वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गर्नुभएको थियो।
देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको उहाँले जानकारी गराउनुभएको हो ।
























