चितवन विशेष

चितवनको कारागारबाट भागेका ५४ कैदीबन्दी आफैँ फर्किए

Banner

चितवन, भदौ २५-

चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दी मध्ये ५४ जना आफै फर्किएका हुन् । भरतपुर कारागारबाट ७ सय ४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रविन्द्र ढुंगानाले जानकारी दिनुभयो । बुधबार बिहान नेपाली सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी निर्वाध रुपमा बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताउनुभयो । ‘बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए,’ ढुंगानाले भन्नुभयो, ‘सरकारले भागेका व्यक्तिहरुलाई जसरीपनि समात्छ भनेर पनि हुन सक्छ फर्किएका छन् ।’

बुधबार सबै कैदीबन्दी पोको पुन्तरो बोकी लामबद्ध भएर निस्किएका थिए । कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । उनीहरुले मुल गेटमा आगो लगाएका थिए । ५ सय ५० क्षमता रहेको चितवन कारागारमा ७ सय ४० कैदीबन्दी थिए । जसमा ४६ जना महिला रहेको ढुंगानाले जानकारी दिनुभयो । चितवनमा जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका अधिकांश सरकारी कार्यालयमा तोड्फोड र आगजनी गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>