राजनीति
जंगीअड्डा अगाडि तनावः सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध
०

काठमाडौं,भदौ २६-
अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताएका हुन् ।
जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको ती युवाहरुको भनाइ छ । समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् ।
भारतीय मिडियाहरुलाई जंगीअड्डामा जान दिएको तर नेपाली मिडियाहरुलाई नदिएको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन् । सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























