राजनीति
कारागारबाट फरार भएका ३०३ कैदीबन्दीलाई सेनाले पक्राउ गर्यो
०

काठमाडौं,भदौ २५-
नेपाली सेनाले देशका विभिन्न जिल्लाका कारागारबाट फरार भएका ३०३ कैदीबन्दीलाई पक्राउ गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
“सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चारजनालाई पक्राउ गरेको छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको सेनाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























