राजनीति
अन्तरिम सरकारको नेतृत्व लिन सुशीला कार्की तयार
०

काठमाडौँ,भदौ २५-
अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् । जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए ।
उनीहरूले यो निचोड निकाले पनि कार्कीसँग सवाद हुन सकेको छैन । तर पाँच घण्टाभन्दा लामो समयदेखि चलेको भर्चुअल बैठकबीच भएको टेलिफोन संवादमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको सन्देश आएको हो ।
‘सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको खबर पठाउनु भएको छ’, बैठकमा एकजना जेन-जी सदस्यले जानकारी दिँदै भने, ‘उहाँ तयार भइसकेपछि अब हामी प्रधान सेनापतिसँग वार्ताका लागि जाऊँ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























