राजनीति

प्रधानन्यायाधीशपछि पहिलो प्रधानमन्त्रीको नयाँ इतिहासनजिक सुशीला कार्की

Banner

काठमाडौँ, भदौ २४-

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने सम्भावनाको बिल्कुलै नजिक पुगेकी छन् । पाँच घण्टाभन्दा लामो समयदेखि जारी जेन(जी पुस्ताको जुम बैठकले अन्तरिम सरकारको नेतृत्व सुशीलालाई दिने कुरामा सहमति जुटाएको हो ।

उक्त सहमतिपछि जेन-जी पुस्ताले गरेको टेलिफोन संवादमा सुशीलाले आफू अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको जनाउ दिएकी हुन् । सुशीला तयार भएपछि अब प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ता जेन(जीले उनकै नेतृत्वमा गर्दैछन् । अहिले वार्ता टोली सैनिक मुख्यालय पुगिसकेको छ ।

यदि प्रधानसेनापति सिग्देल पनि जेन-जीको प्रस्तावमा सहमत भएमा देशकै पहिलो प्रधानमन्त्रीका रूपमा सुशीलाले अहिलेको संकटको बेला देशको बागडोर सम्हाल्नेछिन् । कार्की सर्वोच्च अदालतकी पनि प्रथम महिला प्रधान न्यायाधीश हुन् । रोचक के छ भने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदमा उनको नाम सिफारिस गरेको थियो । अहिले उनै ओलीको आकस्मिक र अप्रिय बहिर्गमनपछि सुशीलाले देशको नेतृत्व सम्हाल्ने भएकी हुन् ।

कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि चर्चित छिन् । उनी प्रधानन्यायाधीशबाट बाहिरिएपछि नागरिक अभियन्ताका रुपमा सक्रिय छिन् । आफ्नो खरो स्वभाव र स्पष्ट वक्ताका कारण उनी चर्चित पनि छिन् । प्रधानन्यायाधीश रहेका समयमा सुशीलाविरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । तर त्यो सफल हुन सकेन । कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो ।

त्यसबेला उनलाई तत्कालै निलम्बित भएको पत्र थमाइएको थियो । नेकपा एमालेलगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाएन । २२ वैशाख २०७७ मा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाइदिँदा कार्की सर्वोच्च फर्किइन् ।

सुशीलाई कार्की परिवारका सात सन्तानमध्ये जेठी हुन् । उनको परिवार किसान थियो । उनीहरू बीपी कोइरालाको परिवारनिकट थिए। सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहेका थिए । तर उनले कानुन पढिन् । बनारस हिन्दू विश्वविद्यालय वाराणसीमा पढ्ने क्रममा कांग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भएर उनले बिहे गरिन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी छन् । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा पढाएकी छन् । उनले विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्ष पनि बनिन् । वि। सं। २०३५ सालदेखि उनले वकालत थालिन् । उनी सन् २००९ मा सर्वोच्च अदालतमा न्यायाधीश बनिन् । त्यसपछि कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>