राजनीति

देश बचाउने हो भने मलाई समर्थन गर्नुस् भन्दै काठमाडौं पुगेँ हर्क साम्पाङ

Banner

काठमाडौँ, भदौ २५-

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अचानक काठमाडौं पुगेका छन्। सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले बुधबार बिहानै राजधानी प्रवेश गरेको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘देशको चिन्ताले काठमाण्डौँ आइपुगियो। गलत मान्छेहरूको घुसपैठ नहोस् जेन–जेड।’ यसैबेला डिस्कोर्डमा जेन–जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ।

यसअघि पनि साम्पाङले आफूलाई नेतृत्व दिन माग्दै एकपछि अर्को स्टाटस सार्वजनिक गरेका थिए। उनका केही स्टाटस यस्ता छन्। –

‘म ल्याउने छु परिवर्तन। पत्याउनु हुन्छ मलाई रुरुरु नत्र जे सुकै गर्नु, जता सुकै जानु।’ ‘म नेपालीलाई मसिन बनाउनेछु १ ढुङ्गालाई सुन अनि माटोलाई अन्न १ यो कुरा बुझ्न अलि समय लाग्न सक्छ।’
‘अहिलेसम्म बाटोको फोहोर सफा गरें, नालीसम्म नि सफा गरें १ अब यो देशको फोहोर सफा गर्ने मौका मिले काम गर्ने मन छ मलाई त !’ ‘देश बचाउने हो भने मलाई समर्थन गर्नु !’ ‘कुरा बिग्रे फेरि बिद्रोह हुने संकेत देखियो !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>