राजनीति

रविलाई छाडेपछि हामीलाई पनि छाड्नुपर्छ भन्ने कैदीबन्दीलाई डिल्लीबजार कारागारबाट स्तान्तरण गरियो

Banner

काठमाडौं,भदौ २५-

काठमाडौँ– रवि (रास्वपा सभापति रवि लामिछाने)लाई छाडेपछि हामीलाई पनि छाड्नुपर्छ भन्दै भाग्न खोजेका कैदीबन्दीलाई डिल्लीबजार कारागारबाट स्तान्तरण गरिएको छ। प्रहरी स्रोतकाअनुसार उनीहरूले बुधबार बिहान आफै बस्ने भवनमा आगलागी गरेर भाग्न खोजेका थिए। त्यसपछि सेनासमेत परिचालन गरेर उनीहरूलाई अनेत्र स्थानान्तरण गरिएको छ।

कतिपयले अन्यत्र जान नमानेपछि सेनाले धम्कीपूर्ण भाषासमेत बोलेको थियो। त्यसपछि उनीहरू सेनाको गाडीमा चढेर अनेत्र स्तान्तरण हुन मानेका थिए। करिब ७०० कैदीबन्दी रहेको डिल्लीबजारमा कति जनालाई स्थानान्तरण गरियो भन्ने खुलेको छैन। कतिपय कैदीबन्दीले अन्यत्र आफूहरू नजाने र यहीँ बस्ने अडान लिएका छन्। जसमा दीपक मनाङ्गे पनि रहेका छन्। उनले अन्यत्र स्थानान्तरण हुन मानिरहेका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>