राजनीति

जेन-जीले सरकार प्रमुखमा सुशीला कार्कीलाई अघि सार्ने सम्भावना

Banner

काठमाडौं,भदौ २५-

चार घण्टादेखि जारी जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी भइरहेको छ । उक्त बैठकमा सहभागी भएका सागर ढकालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबारे चर्चा गरेका छन् । आफ्नो सर्कलमा कार्कीबारे गरिएको सर्वेक्षणमा ९२ प्रतिशत समर्थन प्राप्त भएको उनले जानकारी दिएका छन् ।

नेपाली सेनाले जेन–जीको प्रतिनिधि बोलाइरहका बेला विभिन्न नेताहरूको विकल्पबारे छलफल भइरहेको छ । यही बेला बिहानैदेखि छलफल चलाइरहेको जेन–जी समूहले भने उपयुक्त प्रतिनिधि भेटिरहेको छैन । सबैले मान्ने व्यक्ति खोजी गर्दा कार्की सही पात्र हुन सक्ने भनिएको छ ।

सागर ढकाल डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गरेर चर्चामा आएका व्यक्ति हुन् । उनी यतिबेला धनगढी रहेको र काठमाडौं आउन यातायात अवरुद्ध हुँदा समस्या भइरहेको जानकारी दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>