राजनीति

प्रधानसेनापतिसँगको छलफलपछि दुर्गा प्रसाईंले भने- मलाई नेतृत्वको मोह छैन

Banner

काठमाडौं,भदौ २५-

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नेतृत्वको कुनै मोह नभएको बताएका छन् । बुधबार (भदौ २५) प्रधानसेनापति अशोकराजन सिग्देलसँगको छलफलपछि उनले सामाजिक सञ्जालमा यस्तो बताएका हुन् । उनले प्रधानसेनापति सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको बताए ।

प्रधानसेनापति अशोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो । यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ– मलाई नेतृत्वको मोह छैन । देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो, उनले भने । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन वा शुशिला कार्की, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार रहेको बताए । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु,उनले भने, तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>