राजनीति
प्रधानमन्त्री केपी ओलीको निजी निवास बालकोटमा गोली चल्यो
०

काठमाडौं, भदौ २४-
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा प्रदर्शनकारीले तोडफोड गरेपछि प्रहरीले गोली चलाएको छ । ओलीको निवास प्रदर्शकारीले कब्जा गर्ने प्रयास गरेपछि सुराक्षकर्मीले गोली चलाएका हुन् ।
सोमबर जेन जीहरुले गरेको प्रदर्शनमा सकारले बल प्रयोग गरी १९ युवाका हत्या गरेपछि आक्रोसित बनेका नागरिकहरुले पार्टी कार्यालय र नेताका निवासहरुलाई लक्षित गर्दै आक्रमण गरीरहेका छन् । सोही क्रममा बालकोटस्थित ओली निवास कब्जा गर्न पुगेको प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
गोली लागेर दुई जना घाइते भएको जनाइएको छ । यसअघि प्रदर्शनकारीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा तोडफोड गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























