राजनीति

आजको घटना प्रधानमन्त्रीले सबै जिम्मा लिनुपर्छः गगन थापा

Banner

काठमाडौं,भदौ २३-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्ने बताएका छन्। सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै थापाले घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने भनेका हुन्। आजको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। आज युवा पुस्ता (जेन-जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद् छ, अस्वभाविक छ, उनले भनेका छन्, आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ। कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ।

उनले आन्दोलनमा बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएको उल्लेख गर्दै भने, यो समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ। तर यो मात्र प्रायाप्त छैन। युवाले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय भएको भन्दै थापाले मुख्य विषय सुशासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही भएको प्रष्ट्याएका छन्।

यो आज मात्र होइन, निरन्तर रूपमा उठिरहेको छ। यसको लागी संविधान संशोधन गर्ने देखी भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुनलाई आवश्यक संशोधन गरेर द्रुत गतिमा काम गर्नुपर्छ, उनले भने, उनले भनेका छन्, तत्काल भ्रष्टाचार नियन्त्रण,सुशासन लगायतका सन्दर्भमा २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र सबै भ्रष्टाचारको काण्डको छानबिन गर्न आम नागरिकले भरोसा गरेको पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>