राजनीति

बन्द भएका सामाजिक सञ्जाल खुल्छन्ः सञ्चारमन्त्री गुरुङ

Banner

काठमाडौँ,भदौ २३-

सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन-जीको मागअनुसार सामाजिक सञ्जाल खुल्ने बताएका छन् । सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकारका प्रवक्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्ने बताएका हुन ।

‘सामाजिक सञ्जाल छिट्टै खुल्छन्,’ उनले भने, ‘सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ ।’ सूचीकरणमा नआएको भन्दै सरकारले बिहीबार रातिदेखि फेसबुक, एक्सलगायत दुई दर्जन बढी सामाजिक सञ्जाल बन्द गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>