राजनीति

राजीनामाले पुग्दैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई जेल हाल्नुपर्छः ज्ञानेन्द्र शाही

Banner

काठमाडौं,भदौ २३-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले ‘जेन जी’ पुस्ताको प्रदर्शनमा भएको सरकारी दमनलाई नरसंहारको संज्ञा दिँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाले मात्र नपुग्ने बताएका छन्। उनले दुवैलाई तत्काल पक्राउ गरी नरसंहारको मुद्दामा जेल हाल्नुपर्ने माग गरे। सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई अबको आन्दोलनको नेतृत्व लिन समेत आह्वान गरे।

प्रदर्शनमा प्रहरी दमनबाट युवाहरूको मृत्यु भएपछि आक्रोशित हुँदै शाहीले लेखेका छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होइन नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनु पर्छ।’ उनले देशका लागि बलिदान दिने युवाहरूको पक्षमा देशभर रात्रिकालीन क्रान्ति सुरु गर्न आह्वान गरे। ’आजको रात देशका लागि बलिदान दिने जेन जीका लागि जागौं’, उनले लेखेका छन्।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा सोमबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दर्जनौंको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>