राजनीति

डा.अजय एण्ड डा.सरु फाउण्डेशन’द्धारा देवघाटका विपन्न विद्यार्थीलाई स्टेशनरी तथा विद्यालयको पोसाक प्रदान

Banner

चितवन, भदौ २३-

‘डा.अजय एण्ड डा.सरु फाउण्डेशन’ले अविभावक विहिन बालबालिकालाई स्टेशनरी तथा विद्यालयको पोसाक प्रदान गरेको छ । देवघाट गाउँपालिकाका वडा नम्बर ४ र ५ का १९ जना बालबालिकालाई आज देवघाटमा एक कार्यक्रमको आयोजना गरि स्टेशनरी तथा कपडा प्रदान गरिएको हो ।

बुबा आमा नभएर पढ्न कठिन भएका बालबालिकाको अभिभावत्व बन्नेगरी बालबालिकालाई पढ्नका लागि आवश्यक खर्च व्यहोर्ने गरी सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष डा.अजय न्यौपानेले जानकारी दिनुभयो । उहाँले पढ्नका लागि लाग्ने सम्पूर्ण खर्च फाउण्डेशनले उपलब्ध गराउने बताउनुभयो ।

उहाँले शिक्षक तथा संरक्षकत्व प्रदान गरिरहेकाहरुलाई पढ्नका खर्च नपुगेमा माग गर्न आह्वान गर्नुभयो । साथै उहाँले एसएलसि पछि पनि टेक्निकल विषय पढ्न चाहनेलाई निःशुल्क पढाइदिने बताउनुभयो । विभिन्न कारणले आमाबुवाको साथमा नरहेका बालबालिकालाई सहयोग गरिएको डाक्टर सरु न्यौपानेले बताउनुभयो । डा.अजय एण्ड डा.सरु फाउण्डेशनले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । चिकित्सक दम्पत्तिले १० वर्षमा एक करोड कोष बनाउने गरी फाउण्डेशन स्थापना गरेका छन् । सोही रकमबाट सामाजिक क्षेत्रमा काम गरेका हुन् । आफ्नो आम्दानीको केही रकम जुटाएर सामाजिक क्षेत्रमा काम गर्ने गरेको उहाँले बताउनुभयो । उनीहरुले केही महिना अघिमात्रै दश जना व्यक्तिको निशुल्क दात प्रत्यारोपण गरिदिने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>