राजनीति

राजीनामा दिने तयारीमा गृहमन्त्री लेखक

Banner

काठमाडौँ,भदौ २३-

सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।

कांग्रेस सभापति देउवा त्यसमा मौन रहे भने गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका थिए । ‘दुई महामन्त्रीले यत्रो घटना हुँदा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरा सशक्त रूपमा उठाउनु भएको छ । सभापतिले केही भन्नु भएन । तर, गृहमन्त्री आफैंले राजीनामा दिन्छु भनेर मन्त्रिपरिषद् बैठकमा जानु भएको छ,’ बैठकमा सहभागी एक पदाधिकारीले भने,‘सम्भवतः उहाँले राजीनामा दिनुहुन्छ ।’ त्यसअघि कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीले मात्रै नभएर पार्टीले नै सरकार छाड्नुपर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>