राजनीति

रास्वपाले माग्यो प्रधानमन्त्रीको राजीनामा, नयाँ जनादेशको माग

Banner

काठमाडौँ,भदौ २३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। सोमबार बसेको सचिवालय बैठकले जेन–जी आन्दोलनमा सरकारले बर्बर दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो।

रास्वपाले भनेको छ, ‘वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ। साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ।’ कांग्रेस–एमाले सरकारले वैधानिकता गुमाइसकेको भन्दै रास्वपाले ताजा जनादेशको माग गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>