राजनीति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
०

काठमाडौँ, भदौ २३ –
नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
भोलि भदौ २४ गते बिहान ९ः०० बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । आज ‘जेन–जी’ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छभने सयौँ प्रदर्शनकारी घाइते भएका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























