राजनीति

‘क्लिन स्वीप’ गर्ने गरी चुनाव जित्न सक्छौँः प्रचण्ड

Banner

काठमाडौं,भदौ २३-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी जुरुक्कै उठे ‘क्लिन स्वीप’ गर्ने गरी चुनाव जित्न सकिने जिकिर गरेका छन् । सोमबार (भदौ २३) गोरखाको पालुङटारमा आयोजित एक कार्यक्रममा उनले माओवादी नेतृत्वको तत्कालीन सरकार र पार्टीले जनतामुखी काम गरेकाले त्यसरी निर्वाचन जित्न सक्ने दाबी गरेका हुन् ।

पार्टीले सञ्चालन गरेको हुलाकीमार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा लमजुङदेखि गोरखासम्म देखिएको जनसहभागिताले आफूलाई उत्साहित बनाएको उनले बताए । सुशासन, सामाजिक न्याय, नागरिकता समस्या समाधान, मिटरब्याजीपीडितलाई न्याय दिने पहल, नागरिकलाई सामाजिक सुरक्षामा समावेश, सीमा समस्यामा कूटनीतिक अग्रसरता, भारत–चीनसँगको विद्युत् तथा व्यापारिक सहकार्य, कृषि क्षेत्रमा प्रविधि भित्र्याउनेलगायत कार्यलाई प्रचण्डले आफ्नो कार्यकालका ठोस उपलब्धिका रूपमा प्रस्तुत गरेका उनको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>