राजनीति

संसदीय सुनुवाइ समिति सभापतिको शपथ

Banner

काठमाडौँ, भदौ २३ –

सभामुख देवराज घिमिरेले सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले शपथ लिनुभएको हो ।

यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन हुनुभएको थियो । त्यस अवसरम सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दहाल, उपसभामुख इन्दिरा राणा, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित हुनुहुन्थ्यो ।

नवनिर्वाचित संसदीय समितिका सभापतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>