चितवन विशेष

डिफेन्डिङ च्याम्पियन सौराहा माडीमा जारी स्टार कप फुटबलको फाइनल प्रवेश

Banner

सुवास लामिछाने,

माडी,भदौ १९-

डिफेन्डिङ च्याम्पियन प्याराडाइज युवा क्लब सौराहा चितवनको माडीमा जारी ३० औं स्टार कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई २-० ले पाखा लगाउँदै उपाधि नजिक पुगेको आयोजक स्टार स्पोर्ट युवा क्लबका पूर्वसचिव टिकाराम सुवेदीले जानकारी दिए । बिजेता टोली सौराहाका लागि राज भुसाल र राकेश चौधरीले समान एक/एक गरेका थिए ।

खेलको म्यान अफ द म्याच प्याराडाइज युवा क्लब सौराहाका राज भुसाल घोषित भएका छन् । प्रतियोगिता अन्तगत सेमिफाईनलको दोश्रो खेलमा १९ गते बिहिबार आयोजक स्टार स्पोर्ट युवा क्लब बरूवा र सुर्यपुर युवा क्लब चितवनविच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्देश बरालले जानकारी दिए । ३०औं स्टार कप फुटबल प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार रु.२ लाख ५१ हजार १११ रुपैंया पाउनेछ । त्यस्तै उपविजेता टीमले मेडल र प्रमाणपत्र सहित नगद रु. १ लाख २५ हजार ५५५ रुपैंया पाउनेछ भने विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने बरालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>