चितवन विशेष

कोइरालाको कविता सङ्ग्रह ‘प्रेम शङ्कु’को विमोचन

Banner

चितवन, भदौ १४-

नेपाली कांग्रेसका नेता कैलाश कोइरालाको कविता सङ्ग्रह ‘प्रेम शङ्कु’को विमोचन गरिएको छ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आज यहाँ आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।

माया, प्रेम र राजनीतिसँग सम्बन्धित रहेर लेखिएको कविता सङ्ग्रह सार्वजनिक गरिएको लेखक कोइरालाले बताउनुभयो । उहाँका अनुसार उक्त सङ्ग्रहमा ५५ वटा कविता समावेश छन् । यसअघि उहाँका राजव्यूह र शास्त्र उपन्यास प्रकाशित भइसकेका छन् । राजनीतिक क्षेत्रमा क्रियाशील कोइरालाले आफ्नो फुर्सदको समयलाई लेखन क्षेत्रमा लगाएको बताउनुभयो ।

कांग्रेसका नेता डा कोइरालाले कविता सङ्ग्रहको प्रशंसा गर्दै आगामी दिनमा लेखन क्षेत्रमा सक्रियताका साथ लाग्न लेखक कोइरालालाई शुभकामना दिनुभयो । पार्टीलाई कसरी अगाडि लैजानुपर्छ भनेर आफूले खाका बनाएको बताउँदै उहाँले बिपी कोइरालाले बनाउनु भएको विधानअनुसार पार्टी सभापतिका लागि मात्र निर्वाचन हुनपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागेश्वरी आध्यात्मिक परिषद्का संरक्षक शैलेन्द्र पिया, बालकुमारी क्याम्पसका पूर्वक्याम्पस प्रमुख चिरञ्जीवी श्रेष्ठ, साहित्यकार सृजन अविरल, सूर्य अधिकारीलगायत वक्ताले कविता सङ्ग्रहका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । लेखक कोइराला नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यसमेत हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>