चितवन विशेष

चितवनमा कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

Banner

चितवन, भदौ १४-

चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>