देश/प्रदेश

समस्याग्रस्त सहकारीहरुको छानबिन अघि बढाउन मन्त्री पौडेलले सुरु गरिन् प्रक्रिया

Banner

हेटौंडा, भदौ १३-
बागमति प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले समस्याग्रस्त सहकारीहरुको छानबिन प्रक्रिया अघि बढाउन पहल गर्नु भएको छ ।
मन्त्री पौडेलले समस्याग्रस्त सहकारीहरुको छानबिनलाई कानुनी आधारमा व्यवस्थित गर्न सहकारी ऐन संशोधन गर्ने तयारी सुरु गरिएको जानकारी दिनुभयो। साथै छानबिनको सूचीमा परेका सहकारी संस्थाहरुको सम्पूर्ण विवरण र तथ्यांक संकलन भईरहेको र यसलाई अझ सिस्टमेटिक ढंगले संकलन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
अत्यावश्यक पीडित वर्गका बचतकर्ताहरुको समस्या समाधान गर्न समस्याको प्रकृति हेरी राहत प्रदान गर्न पहल समेत गरिने मन्त्री पौडेलको भनाइ छ । उहाँले आफ्नो कार्यकालमा सकेसम्म धेरै सहकारीसम्बन्धी समस्याहरु समाधान गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>