चितवन विशेष
गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
०

नवलपुर, भदौ १२-
गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























