चितवन विशेष

गैंडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Banner

गैंडाकोट, भदौ ८-

गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ः४० बजे गैंडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गैंडाकोट–४ का २३ वर्षीय मोटरसाइकल चालक मुनाल दाहाल रहृका छन् । गैंडाकोट नगरपालिका–२ नारायणी पुल (पुर्व–पश्चिम राजमार्ग)मा दुर्घटना हुँदा गम्भिर घाइते भएका दाहालको उपचारको क्रममा चितवन मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको गैँडाकोट प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार गैंडाकोट–४ कै २७ वर्षीय प्रतिक घिमिरे सामान्य घाइते भई उपचाररत छन् । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>