चितवन विशेष
मिर्गौलाका बिरामी थापालाई मूल प्रवाहद्धारा आर्थिक सहयोग

चितवन, भदौ ७-
मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले मृर्गौला बिरामीलाई आर्थिक सहयोग गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानासमेतको उपस्थितिमा बिरामी नवलसिंह थापाको निवासस्थानमा पुगी रकम हस्तान्तरण गरिएको हो । स्थायी घर माडी भइ भरतपुर बस्दै आएका नवलसिंहले चितवन मेडिकल कलेजमा दुईवर्षदेखि उपचार गराइरहनुभएको छ । नवलसिंहलाई उहाँकै निवासस्थान भरतपुर–७ विकासचोक पुगी २७ हजार पाँच रुपियाँ हस्तान्तरण गरिएको ढुंगानाले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रमा राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री र जिल्ला समितिका सदस्य होमनाथ ज्ञावलीको पनि उपस्थिति रहेको थियो ।
मिर्गौला खराब भई चितवन मेडिकल कलेजमा डायलासिस गराइरहनुभएका नवलसिंहको सहयोगका लागि भारतको हैदरावादमा मूल प्रवाहले सहयोग सङ्कलन गरेको थियो । सोही रकम पीडितलाई हस्तान्तरण गरिएको हो । भारतमा नोकरी गर्दै आएका सिंह बिरामी भएपछि नेपाल फर्किएका थिए ।
























