इच्छकामना

नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सुचारु

Banner

भरतपुर,भदौ ७-

सुख्खा पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा चट्टानसहितको सुख्खा पहिरो खस्दा अबरुद्ध सडकखण्ड दुइतर्फी रुपमा सुचारु भएको हो। सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार एक्साभेटर प्रयोग पहिरो पन्छाउने काम गरिएको हो । पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>