चितवन विशेष

करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय

Banner

चितवन, भदौ ६-

आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो । व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करबारे जानकारी दिइएको छ । उहाँले भन्नुभयो, “बिलबिजकको प्रयोग, करसम्बन्धी ‘पोर्टल’सञ्चालनबारे सिकाएका छौँ ।”

उक्त कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय दर्ता भएका थिएभने चालु आवको पहिलो महिनामा ३५७ व्यवसाय दर्ता भएका छन् । चालु आवको पहिलो महिनामा रु १५ लाख ३३ हजार ९११ राजस्व सङ्कलन भएको छ । गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार सङ्कलन भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>