कालिका

भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका महतोको शव फेला

Banner

चितवन,भदौ ५-

भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार दिउसो २ बजेको समयमा कालिका नगरपालिका ५ खगेरी खोलास्थित कमिनी घाटमा भैसी चराउन जाने क्रममा कालिका नगरपालिका ५ भिमवली पार्कका ७२ वर्षिय डकुवा महतोलाई एक्कासी आएको बाढीले बगाएको थियो । उनको शव आज (बिहिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको खोजीका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली खटिएको थियो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>