इच्छकामना

साउन महिनाको उत्कृष्ट प्रहरी बने इप्रका मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंह

Banner

भरतपुर,भदौ ४-

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनले सिंहले गरेका काम र गतिविधिका आधारमा उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको हो । उनको कार्यभार सम्हालेको छोटो समयमानै जनताको मन जित्नेगरी काम गरेका छन । उनले चोरी, लुटपाटका घटनामा संलग्नको खोजी र कारवाही तथाा राजमार्ग अबरुद्ध हुँदा प्रभावकारी ढंगले समन्वय गरेर काम गरेको जनाइएको छ ।

उनले तोकेको जिम्मेवारी लगनशिल र अनुशासित भई प्रशंसनिय एवं उत्कृष्ट ढंगले सम्पादन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताउनुभयो । सिंहले केही समय अघि नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोमा अलपत्र परेकी बृद्धालाई बोकेर बाटो कटाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>