चितवन विशेष
ब्राइट एजुकेशन नेटवर्कमा अष्ट्रेलियन र्मोटिङ विज्ञसँग विद्यार्थीले लिए परामर्श

चितवन, भाद्र ३–
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै ब्राइट एजुकेशन नेटवर्क नारायणढले आज (मंगलबार) ‘वान टु वान काउन्सेलिङ’ परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
सहिदचोक, राम मिष्ठान्न भण्डारसंगै रहेको ब्राइट एजुकेशनको कार्यालयमै गरिएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । अष्ट्रेलियाको एडिलेड इन्स्टिच्युट अफ हायर एजुकेशनका मार्केटिङ स्पेसलिष्ट कमल सुवेदीले विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिनुभएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने प्रक्रियाबारे विस्तृत जानकारी पाए भने शैक्षिक अवसर, कोर्स छनोट, छात्रवृत्ति सम्भावना र भविष्यमा रोजगारीका अवसरका बारेमा समेत मार्गदर्शन प्राप्त गरेका थिए ।

सुवेदीले आफ्नो अनुभव प्रस्तुत गर्दै अष्ट्रेलियामा अध्ययन गर्दा ध्यान दिनुपर्ने पक्ष, अन्तर्राष्ट्रिय विद्यार्थीलाई उपलब्ध हुने सुविधा, शैक्षिक गुणस्तर तथा विश्वव्यापी अवसरबारे प्रकाश पार्नुभयो । उहाँले अष्ट्रेलियामा अध्ययनलाई केवल शैक्षिक यात्रा मात्र नभई व्यक्तिगत तथा व्यावसायिक विकासको ठूलो अवसरका रूपमा उपयोग गर्न सकिने बताउनुभयो ।
ब्राइट एजुकेशन नेटवर्कले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा तथा अवसरबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रवन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा अझै भव्य रुपमा यस प्रकारका कार्यक्रमहरू आयोजना गर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रह्यो भने उपस्थित सबैले यस्तो अवसर भविष्यमा पनि निरन्तरता दिनुपर्ने औंल्याएका थिए । ब्राइट एजुकेशनले उच्च शिक्षा लागि अष्ट्रेलिया, जापान, युके, क्यानडा, न्यूजील्याण्ड, युरोप लगायत देश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको छ ।






























