चितवन विशेष

चितवनको साइराम डेण्टल केयरले निःशुल्क दाँतको प्रत्यारोपण गर्ने

Banner

चितवन साउन ३१–

चितवनको साइराम डेण्टल केयरले निःशुल्क डेण्टल इम्प्लान्ट गर्ने भएको छ । अजय एण्ड सरु फाउण्डेशन र बायोहोराइजनको सहयोगमा दश जनालाई निःशुल्क डेण्टल इम्प्लान्ट गरिने केयरले  आज भरतपुरमा पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिएको छ ।

फाउण्डेशनका अध्यक्ष डाक्टर अजय न्यौपानेका अनुसार अति विपन्न तथा सिमान्त कृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने छ । उपचारमा महङ्गो भएकाले आर्थिक रुपमा कमजोर मानिसलाई लक्षित गरी निःशुल्क दाँतको प्रत्यारोपण गर्न लागिएको उनले बताए ।

‘आर्थिक रुपमा कमजोर भएका मानिसलाई यो उपचार सहज छैन । एउटा दाँत राख्न नै एक लाख रुपैयाँसम्म लाग्छ,’ न्यौपानेले भने ‘सबैलाई दाँत प्रत्यारोपण गर्न नसकिएपनि केही मासिनलाई मुस्कान दिन यो कार्यक्रम ल्याएका छौँ ।’ उनका अनुसार अगाडिको दाँत नहुँनेलाई प्राथमिकता दिइने छ । फाउण्डेशनले दाँत प्रत्यारोपणका लागि ३० देखि ६० वर्ष उमेर समुहका मानिसलाई छनोट गर्नेछ । एउटा दाँत प्रत्यारोपण गर्न करिब एक लाख रुपैयाँ लाग्ने जनाइएको छ । यसरी हेर्दा १२ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए । एउटा दाँत राख्नका लागि कम्तिामा तीन महिना लाग्ने डा.न्यौपानेले जानकारी दिए ।

साइराम डेण्टल केयर सेन्टरले चितवनमा रहेर आठ वर्षदेखि दाँतको प्रत्यारोपण गर्दै आएको छ । विशेष गरि बायोहोराइजन प्रविधि मार्फत दुई वर्षदेखि प्रत्यारोण गर्न लागिएको उनले जानकारी दिए । यस प्रविधि नेपाली मानिसका लागि धेरै सहज हुने उनले बताए ।
डाक्टर दम्पतीले फाउण्डेशन संकलन गरेर विभिन्न सामाजिक काम गर्दै आएका छन् । चेपाङ वस्तिमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण देखि विपन्न परिवारलाई खाद्यन्न तथा लत्ताकपडा वितरणसम्मको काम गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>