चितवन विशेष
चितवनका देवेन्द्र `दि स्पिकिङ टाइटन´को टप ३० मा
०

चितवन, साउन ३०-
चितवनका देवेन्द्र श्रेष्ठ वाककलामा सम्बन्धित टिभी रियालिटी शो `दि स्पिकिङ टाइटन´को टप ३० मा पर्न सफल भएका छन् ।
दामी मिडियाद्वारा आयोजित दि स्पिकिङ टाइटनमा चितवनका प्रतिभाशाली युवा देबेन्द्र अन्य थुप्रै प्रतिस्पर्धीलाई पछि उत्कृष्ट ३० भित्र पर्न सफल भएका हुन् ।
दि स्पिकिङ टाइटनको दोश्रो चरण बुधबार र बिहीवार एडभान्स स्टुडियो ललितपुरमा सम्पन्न भएको थियो । देशभरबाटै सहभागी प्रतियोगितामा दिलभुसण पाठक, माल्भिका सुब्बा रन्जित आचार्य निर्णायक भुमिकामा छन् । सौनक भट्ट चिफ मेन्टर रहेका छन । कार्यक्रम एपी वानबाट सोमबार र मंगलबार रातको ९ बजेबाट प्रशारण हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























