चितवन विशेष
नारायणी कलामन्दिरले भोलि रोपाइँ जात्रा निकाल्ने
०

चितवन, साउन ३०–
नारायणी कला मन्दिर नारायणगढले भोलि (शनिबार) रोपाइँ जात्रा निकाल्ने भएको छ ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर कलामन्दिर रोपाइँ जात्रा निकाल्ने गरेको छ । यसवर्ष पनि शनिबार विशेष रुपमा रोपाइँ जात्रा निकाल्न लागिएको जात्राकी संयोजक सुस्मिता श्रेष्ठले जानकारी दिइन् ।
कला मन्दिरबाट सुरु हुने जात्रा बालकुमारी स्कुल चोक, मिलनरोड, शहीदचोक, पुलचोक, मेनरोड, लीलाचोक, दियालो रोड, पोखरा बसपार्क, गणेशचोक, प्रगतिपथ, बालकुमारी चोक हुँदै पुनः नारायणी कला मन्दिर आएर सकिने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























