चितवन विशेष
चितवनमा कनेक्टको ‘अष्ट्रेलियन एडमिसन डे’, ‘फ्लिन्डर्स युनिभर्सिटी’का प्रतिनिधिलाई भेट्न पाइने

चितवन, साउन २४–
के तपाई उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया जान चाहनु हुनुहुन्छ ? यदी तपाईको चाहना हो भने त्यसलाई पूरा गर्न कनेक्ट अष्ट्रेलियन एजुकेशनले एउटा विशेष कार्यक्रम आयोजना गरेको छ । लायन्सचोक नारायणगढमा रहेको कनेक्ट अष्ट्रेलियन एजुकेशनले अष्ट्रेलियाको चर्चित ‘फ्लिन्डर्स युनिभर्सिटी’को सहकार्यम ‘अष्ट्रेलियन एडमिसन डे’ कार्यक्रम आयोजना गरेको हो ।
यही साउन २६ गते (सोमबार) विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कनेक्टको कार्यालय लायन्सचोकमा हुनेछ । उक्त कार्यक्रममा कक्षा १२ मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान समेत गरिने कनेक्ट चितवनका प्रमुख मेघराज कंडेलले जानकारी दिए । ‘कक्षा १२ उत्तीर्ण गरेर बसेका विद्यार्थीहरु अन्यौलमा हुनुहुन्छ भने यो कार्यक्रम सही गन्तव्यका लागि राम्रो अवसर हो, धेरै भन्दा धेरै विद्यार्थीहरुलाई मौकाको फाइदा उठाउन आह्वान गर्दछु’–कँडेलले भने ।
यो कार्यक्रममा ‘फ्लिन्डर्स युनिभर्सिटी’का आधिकारिक प्रतिनिधि शाहिनुल इस्लाम उपस्थित हुनेछन् । उनले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया, पाठ्यक्रमको छनोट, छात्रवृत्तिका अवसर, भिसा प्रक्रिया तथा करियर सम्भावना विषयमा प्रत्यक्ष रुपमा जानकारी दिनेछन्। फ्लिन्डर्स युनिभर्सिटी अष्ट्रेलियाको अग्रणी विश्वविद्यालयहरू मध्येमा पर्दछ। यस विश्वविद्यालयमा नर्सिङ, इन्जिनियरिङ, सूचना प्रविधि, व्यवसाय व्यवस्थापन, स्वास्थ्य विज्ञान लगायतका विषयमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको छ।
कार्यक्रमको प्रमुख उद्देश्य नै अष्ट्रेलियामा उच्च शिक्षा लिन इच्छुक विद्यार्थीहरूलाई सटिक जानकारी, सही मार्गदर्शन तथा तत्काल एडमिशनको प्रक्रिया सहज बनाउने रहेको कनेक्टका प्रमुख कँडेलले बताए।
























