चितवन विशेष

नवलपुरका कन्सलटेन्सिको अनुगमन गर्न अनेरास्ववियूको माग

Banner

चितवन, साउन २२-
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नवलपुरले जिल्लामा सञ्चालन भएका शैक्षिक परामर्श केन्द्र(एजुकेशन कन्सलटेन्सि)को अनुमगन गर्न माग रेको छ । प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियूले कन्सल्टेन्सिको अनुगमन गरी अवैध रुपमा सञ्चालन भएका कन्सलटेन्सिलाई कानुनी दायरामा लिन अनुरोध गरेको हो ।

जिल्लामा उच्च शिक्षाका नाममा प्रचलित कानुनलाई अवज्ञा गर्दै गैरकानुन रुपमा कन्सल्टेन्सिहरु सञ्चालन भइरहेकाले कारबाही गर्न जिल्ला संयोजक रोशन केसीले माग गरे । ‘शिक्षा मन्त्रालयले शैक्षिक परामर्श संस्था खोल्नका लागि स्पष्ट रुपमा मापदण्ड जारी गरेको भएतापनि उक्त मापदण्ड विपरत अवैधानिक खोल्ने, विद्यार्थीलाई विभिन्न प्रलोभन देखाएर शैक्षिक प्रमाणपत्र राखि ठगि गर्ने जस्ता गैरकानुनी कार्यसम्म मौलाएको छ र नियामक निकायले पनि उक्त गैरकानुनी कार्यहरु भइरहँदा कुनै कदम नचाल्दा सरोकारवाला निकायकै संरक्षणमा यस्ता गतिविधि बढेको आंशका समेत हुन थालेको छ,’– केसीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनले शैक्षिक परामर्श केन्द्रहरुले विद्यार्थीको भविष्य प्रति खेलवाड गरेको समेत बताए ।

उनले मापदण्ड विपरीत खोलिएका शैक्षिक परामर्श केन्द्रहरुदाई कानुनी दायरामा ल्याई पीडित विद्यार्थीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>