चितवन विशेष

चितवनका दुई युवा अभियान्तालाई भुटानमा अन्तर्राष्ट्रिय सम्मान

Banner

चितवन, साउन १९–

चितवनका दुई जना युवा अभियान्ता भुटानमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।

भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय अचिभर्स अवार्ड २०२५ बाट चितवनका दुई युवा अभियान्ता अन्जन दवाडी र रामचन्द्र लम्साल सम्मानित भएका हुन् । ‘सामाजिक गतिविधिहरूमा उत्कृष्ट’ विधाबाट दवाडी र ‘युवा सशक्तिकरणमा उत्कृष्ट’ विधाबाट लम्साल अवार्ड जित्न सफल भएका हुन् ।

दवाडी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। हाल उनी भरतपुर महानगर युवा सञ्जालका अध्यक्ष तथा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय महासचिवका रूपमा कार्यरत छन्। सामाजिक परिवर्तन, मानवीय सेवा र युवालाई सामाजिक उत्तरदायित्वप्रति सक्रिय बनाउने काममा उनले महत्वपूर्ण योगदान दिएका छन्।

त्यस्तै, रामचन्द्र लम्सालले युवाको नेतृत्व विकास, सिपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याएका छन्। आफैं सफल उद्यमी रहेका लम्साल हजारौं युवालाई आत्मनिर्भर र उद्यमशील बन्न प्रेरित गर्दै आएका छन्।

एबीएम नामक संस्थाको आयोजनामा गरिएको कार्यक्रममा ग्लोबल भिलेज कनेक्सन भुटानको सहकार्य र सि साइकल भुटानको सह–आयोजनामा गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>