चितवन विशेष
माछा मार्ने क्रममा बेपत्ता भएका दराईको शव फेला
०
चितवन, साउन १८-
भरतपुर महानगरपालिका–२३ केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका ५० वर्षीय भीमबहादुर दराईको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दराई शनिबार साँझ माछा मार्न गएका बेला खोलामा बेपत्ता भएका थिए । आज बिहान १०ः४० बजे उनको शव भरतपुर महानगरपालिका २५ किङफिस स्थित राप्ती नदी किनारमा फेला परेको खनालले जानकारी दिए । दराई भरतपुर–२३का ५६ वर्षिय गोरख बहादुर दराईसँग माछा मार्न गएका थिए । उनले भिमबहादुरलाई नदेखेपछि आफन्त तथा प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि प्रहरी र स्थानीयले उनको खोजी कार्य जारी राखेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























