Breaking News
प्रचण्डको भन्दा ओलीको सचिवालयको खर्च कम, प्रचण्डको सचिवालयले एकै वर्षमा गरेको थियो ६ करोड खर्च
०

काठमाडौं,साउन १४-
केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ । प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गरेको थियो । ओलीको सचिवालयले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च गरेको छ । उक्त हेर्दा एक वर्षको अवधिमा ओलीको सचिवालयले भन्दा प्रचण्डको सचिवालयले २ करोड ६ लाख ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























