चितवन विशेष

चितवन निकुञ्जमा सेनालाई जंगली हात्ती ‘गोविन्दे’ले गर्‍यो आक्रमण

Banner

चितवन, साउन १४–

चितवनमा जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रात्रीकालिन गस्ती सकेर फर्किदै गरेको सेनामाथि जंगली हात्ती ‘गोविन्दे’ले आज विहान ७ बजेको समयमा आक्रमण गरेको थियो । सो क्रममा ३८ वर्षीय सैनिक हवल्दार नन्दबहादुर सिंह घाइते भएका हुन् । घाइते सिंहको हात र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

गस्तीबाट फर्किदै गरेको सेनाको टोलीलाई जंगली हात्ती गोविन्देले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिनुभयो । सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ पैदल फर्कँदै गरेका ४ जना सैनिकसंग एक्कासी जम्काभेट हुँदा गोविन्देले आक्रमण गरेको थियो ।

त्यसक्रसमा सेनाले हवाई फायर गरेपछि हात्ती भागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>