राजनीति
प्रचण्डलाई योगेशको प्रश्नः एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ?
०

काठमाडौं, साउन ११-
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नै संघीय निजामती सेवा विधेयक संसद्मा आएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले आफूले नै प्रचण्डबाट जवाफको अपेक्षा गरेको बताए । तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबीन गर्नु पर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’ भट्टराईले लेखेका छन्, ‘निम्न विषयमा तताईंको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु ।’
शनिबार माओवादी अध्यक्ष प्रचण्डले कुलिङ पिरियडको प्रावधानबारे भएको गडबडीबारेको छानबिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत पर्नुपर्ने आरोप लगाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























