चितवन विशेष

रोटरी क्लवद्वारा चितवन र गैँडाकोटमा दश हजार बढी बिरुवा वृक्षारोपण

Banner

चितवन, साउन १०–
रोटरी क्लव अफ नारायणी मिड टाउन सहित विभिन्न सात क्लवले दश हजार बढी बिरुवा रोपेका छन् । चितवन र गैँडाकोटका विभिन्न स्थानमा दश हजार २५० विरुवा रोपिएको हो ।

रोटरी क्लव अफ नारायणी मिड टाउनले रोटरी गैँडाकोटलाई ४५सय, रोटरी पुर्वि चितवनमा दुई सय रोटरी रत्ननगरमा एक हजार पाँच सय, रोटरी भरतपुरमा नौ सय, रोटरी नारायणगढ एक सय ५० बिरुवा वितरण गरेको छ । यस्तै रोटरी तथा रोट्याक क्लव नारायणी मिड टाउनले तीन हजार विरुवाहरु विभिन्न क्षेत्रमा रोपेको क्लबले जानाकारी दिएको छ ।

रोटरी वर्ष २०२५/०२६को युनिट फर गुडको अनुशरण गर्दै रिजन ६ का सम्पूर्ण क्लव सहित चितवन माविको परिसरबाट बृक्षारोपणको सुरुवात गरिएको रोटरी डिस्ट्रिक रिजन ६का पब्लिक ईमेजका चियर रोटरियन प्रकाश पौडेलले जानकारी दिनुभयो ।
रोटरी इन्टरनेश्नलले आफ्नो विश्वव्यापी अनुदान परियोजना र मानविय प्रयासहरुलाई मार्गदर्शन गर्न ७ वटा प्राथमिक क्षेत्र पहिचान गरेको छ । जस अन्तर्गत वातावरण सरंक्षण पनि पदर्छ । सोहि अनुरुप रोटरि ईन्टरनेसनल ३२९२ नेपालले आजको दिन नेपाल भरी पचार हजारभन्दा बढी विरुवा रोप्ने कार्यक्रम रहेको पौडेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>