राजनीति

जनताको लागि लड्नेलाई कारागार र भ्रष्टाचारमा मुछिएकालाई स्याबासी दिइयोः तोसिमा

Banner

काठमाडौं, साउन ८-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा संविधान संशोधनको बाचा गरेर सरकारले मान्छे र सरकारी जग्गा बेचबिखनमा लागेको आरोप लगाइन्।

उनले भनिन्, ‘बाचा सुशासनको अनि जनताको लागि लड्नेहरूलाई कारागार अनि भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासी। हामी भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनमा छौँ। जसमाथि छानबिन हुनुपर्ने हो उसैको संयोजकत्वमा बनेको समिति बादलको पुच्छर लौरो न हतियारजस्तो भएकाले हामीले पहिलो दिनदेखि नै बहिस्कार गरिरहेका छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>