राजनीति

म र विद्या भण्डारीजी दुबैलाई एमालेले सदस्यबाट निष्कासन गर्‍योः भीम रावल

Banner

काठमाडौं,साउन ७-

मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले आफू र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दुबैलाई नेकपा (एमाले) ले सदस्यबाट निष्कासन गरेको बताएका छन्। बुधबार संचारकर्मीसंग कुराकानी गर्दै रावलले यस्तो बताएका हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बैठकबाटै अब उहाँको सदस्यता नवीकरण नगर्ने भनेर निर्णय नै गरिसक्यो। सदस्यता नवीकरण नगर्ने भनेको खाली शब्द मात्रै फरक छ। मलाई सदस्यबाट निष्कासन भन्यो, उहाँको सदस्यता नवीकरण नगर्ने भन्यो। यसको सार दुबै जनालाई सदस्यताबाट बञ्चित गर्ने हो, उनले भने।

रावलले यसको एउटै सार ११औं महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गर्नेलाई बाहिर पठाउनू रहेको बताए। यसको सार मलाई पनि ११औं महाधिवेशनमा प्रतिस्पर्धा गर्छ भनेर हो। मेरो पनि पार्टी पङ्क्तिमा ठूलो जमात थियो। अहिले विद्या भण्डारीजीको हकमा पनि त्यही हो। पत्रकारले तपाईं अध्यक्ष हुने नै उद्देश्यबाट अगाडि बढ्नुभएको हो भनेर प्रश्न सोध्दा त्यसमा कुनै शङ्का छ र भनेर उहाँले भन्नुभयो। जुन दिन उहाँको मुखबाट त्यो शब्द निस्क्यो, त्यही दिनदेखि ओलीजीले र उहाँका झोलेहरूलेः उहाँकै शब्द हो है यो, उहाँका विरुद्धमा अभियान चलाएको देखेको छु, उनले भने।

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते सक्रिय पार्टी राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन् तर, एमालेले भने उनको सदस्यता नवीकरण नभएको भन्दै उचित समयमा उचित निर्णय लिने निर्णय लिएको छ। रावल भने २०८१ पुसमा पार्टी सदस्यबाट निष्कासनमा परेका हुन्। उनले यी दुबै सन्दर्भलाई एउटै तरिकाबाट व्याख्या गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>