राजनीति

विद्याकी छोरी उषा– निर्णय र निर्णयमा पुग्न गरिएका तिकडमबाट म अचम्मित छैन

Banner

काठमाडौं, साउन ७-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकको निर्णयबाट आफू अचम्मित नभएको बताएकी छन् । उनले हिजो (मंगलबार) को एमाले निर्णयबाट आफू अचम्मित नभएको बताएकी हुन् ।

हिजोको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन रोक्ने निर्णय गरेको थियो। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ ।

‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरूप कोसिस गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन् र नैतिक समर्थन खोज्दैनन् पनि,’ उनले भनेकी छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>