राजनीति

मधेसमा पानी नभएर घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार

Banner

काठमाडौँ, साउन ७-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताएकी छिन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाइन्।

‘मधेसमा पिउने पानीका लागि मानिसहरू घर छोड्न बाध्य छन्, तर मन्त्रीहरू विदेश भ्रमणमै मस्त छन्,’ कंशाकारले भनिन्, ‘बारा, पर्सा, महोत्तरी पुग्नुपर्ने अर्जेन्सी सरकालाई छैन। संसद्‍मा हामी ४८ दिनदेखि उभिएका छौं। भिजिट भिसाको नाममा हुने संगठित तस्करीबारे सरकारलाई खबरदारी गरिरहेका छौं। तस्करको सेटिङ नभत्किएको आजकै राष्ट्रिय दैनिकहरुमा छापिएको छ। भ्रष्ट र तस्करहरू सरकारसँग डराएका छैनन्।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>