राजनीति

मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ: लिङदेन

Banner

काठमाडौं, साउन ७-

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणको मुद्दा आफूहरूले दुई महिनादेखि उठाउँदा पनि सरकारले नसुनेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको छ। कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको छ।’

उनले भने ‘भिजिट भिसामात्रै होइन, दर्जनौँ मन्त्रीहरूको विषय आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाइरहेको कुरा आइरहेका छन् । ती सबैको छानबिनको लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ । त्यस बेलामा सम्म हाम्रो विरोध जारी राख्छौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>