चितवन विशेष

रत्ननगर उद्योग वाणिज्य संघका सदस्यले मौलाकालिका केबलकारमा २० प्रतिशत छुट पाउने

Banner

चितवन, साउन ६-

पूर्वि चितवनको रत्ननगर उद्योग वाणिज्य संघका सदस्यले मौलाकालिका केबलकारमा २० प्रतिशत छुट पाउने भएका छन् । मौलाकालिका केबलकार र रत्ननगर उद्योग वाणिज्य संघले आज (मंगलबार) संघका सदस्यलाई २० प्रतिशत छुट दिने सहमति गरेका हुन् ।

सो सहमति पत्रमा मौलाकालिकाका प्रबन्धक निर्देशक सुरज पौडेल र संघका अध्यक्ष शंकर गिरीले हस्ताक्षर गरेका छन् । छुट पाउनका लागि रत्ननगर उद्योग वाणिज्य संघको सदस्य भएको परिचय पत्र अनिवार्य हुनुपर्ने छ । त्यो कार्ड देखाएर परिवारका अन्य सदस्यले भने मौलाकालिका केबलकारमा २० प्रतिशत छुट नपाउने अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघमा २२ सय सदस्य रहेका छन् । उनीहरु सबैको परिचय पत्र बनाइने उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>