चितवन विशेष

रत्ननगर उद्योग वाणिज्य संघ सुनचाँदी व्यवसायीको पक्षमा छः अध्यक्ष गिरी

Banner

चितवन, साउन ६–

रत्ननगर उद्योग वाणिज्य संघले चितवनका सुनचाँदी व्यवसायीको साथमा रहेको जनाएको छ । सरकारले सुन तथा सुनका गरगहनामा लगाएको विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरजडित गरगहनामा लागू मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग राख्दै पसल बन्द गर्ने निर्णय प्रति आफ्नो साथ रहेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।

उहाँले उद्योग वाणिज्य संघ सधै उपभोक्ता र व्यवसायीको पक्षमा रहेको भन्दै आफ्नो तर्फबाट अहिलेको आन्दोलनमा साथ सहयोग रहेको बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर सुनचाँदी व्यवसायी संघ टाँडी, चितवनले संयुक्त रूपमा आन्दोलन गरेका छन् । चितवनमा विगत देखि नै व्यवसायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि सरकारको विरोध गर्दै आएका थिए ।

आइतबारदेखि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिका छन् । व्यवसायीको उचित माग पुरा गर्न तर्फ सरकारले तत्काल ध्यान दिनुपर्नेमा अध्यक्ष गिरीले जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>